अपडेट 
२०७९ चैत्र १८, शनिबार १२:०१

भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकारका निम्ति र चुरे वन जंगल संरक्षण सम्बद्र्धनसहितको माग लिएर हिजो दिउँसोदेखि आमरण अनसनमा बस्नुभएका सुनिल यादवले अनसन तोड्नुभएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान उहाँलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् । मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू भूमिहीन सुकुम्बासीहरुको लागि पनि दलित आवास योजना अगाडि बढाउँदै लागू गर्ने विश्वास पनि दिलाउनुभयो ।
चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव हिजो दिउँसो ४ बजेदेखि विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बस्नुभएको थियो ।

मुख्यमन्त्रीजीलाई म चिन्दछु, उहाँ जे बोल्नुहुन्छ । त्यो गर्नुहुन्छ । हामीलाई उहाँको वचनमा विश्वास छ–अनसनकारी यादवले भन्नुभयो ।
उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले वनसित सम्बन्धित विषयहरु सम्बोधन गर्नको लागि कुनै कसर नराख्ने बताउनुभयो ।
अनसन स्थल पुग्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्र सरकारबाट सम्बोधन हुने विषयहरु बारे आपूmले पनि पहल अघि बढाउने जानकारी दिनुभयो ।

कतिपय कुरामा कानून बन्नुपर्ने अवस्था रहेको बताउँदै प्रजिअ दाहालले अन्य विषयमा पनि छलफल गरेर सकारात्मक रुपमा अघि बढ्नको लागि उहाँहरुलाई आग्रह गर्नुभएको थियो ।

तीनवटै तहमहध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा बस्नुपरेको संयोजक यादवले बताउनुभयो ।

यसअघि भूमिहिन तथा सुकुम्वासीहरु जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि धर्नामा बस्दै आउनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News