अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:१९

पर्सा प्रहरीले प्रेस लेखेको गाडीबाट भारी मात्रामा लागूऔषध बरामद गरेको छ ।

इनर्वा प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगंज स्थित रजतजयन्ती चोकबाट सो गाडी सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ‘टी मिडिया प्रा.लि. द्वारा सञ्चालित ’निगरानी अनलाइन डटकम’ को गाडीबाट ठूलो मात्रामा लागूऔषध बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका – ४ निवासी गोपाल स्याङ्गतान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकोछ । बा ७ च ४६४२ नम्बरको प्रेस लेखेको सेन्ट्रो कारमा भारतीय सीमावर्ती शहर रक्सौलबाट लागूऔषध लोडगरी ल्याइरहेको अवस्थामा प्रहरीले चालक र गाडीलाई नियन्त्रमा लिएको हो ।

भारतबाट वीरगंजतर्फ आइरहेको अवस्थामा चेकजाँचको क्रममा लागूऔषध सहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक(डीएसपी) निर्मल बुढाथोकीले जनाए । गाडीबाट २ सय ४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिइएको डीएसपी बुढाथोकीले बताए । सीमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद बरामद भएको बुढाथोकीले जनाए । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि बरामद भएको छ ।

Comment


Related News

Latest News

Trending News