अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:२८

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपचुनावमा उम्मेदवारी दिने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो नउठ्ने भएका छन् ।

महतोले उम्मेदवारी दिने तयारी बिहिवारदेखि गरेपनि शनिवार उम्मेदवारी नदिने निर्णय लिएको उनका निकटका स्रोतले जनाएका छन् । स्रोतका अनुसार पार्टीका स्थानीय कार्यकर्ताहरुले महतोलाई चुनाव लड्ने उपयुक्त वातावरण नरहेको सुझाएका छन् ।बार ा–२ मा चुनाव लड्ने महतोका आफन्तहरुले बताए पनि उनी क्षेत्रमा सक्रिय देखिएका छैनन् । यस सम्बन्धमा नेता महतो लगायत उनका आफन्तहरुसित सम्पर्क गर्न पटक पटक गरिएको प्रयास सफल हुन सकेन् । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले आइतबार कार्यकारिणी समितिको बैठकले बारा–२ बारे निर्णय लिने बताएका छन् । उनी संघीय राजधानी काठमाण्डुमा छन् । लोसपा सत्तासीन गठबन्धनमा रहेको छ । सरकार विस्तारमा लोसपाका अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री बनेकाले पनि गठबन्धन विरुद्ध उम्मेदवारी दिने संभावना नरहेको लोसपाका नेताहरुले जनाएका छन् ।

Comment

Related News