अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:४३

काठमाण्डु वल्र्ड स्कुलले गुणस्तरीय शिक्षा दिन अभिभावकलाई अनुरोध गरेको छ ।

शनिबार जनकपुरधाममा स्कुलले सेमिनार आयोजना गरी सीपयुक्त गुणस्तरीय शिक्षा दिन जोड दिएको छ । नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने र शिक्षाका नाममा विदेश गइरहेको ठूलो धनराशी रोक्ने स्कुलको अवधारणा रहेको केशरबहादुर खुलालले बताए । उनका अनुसार करिब ५५ रोपनीमा शान्त वातावरणमा स्कुल सञ्चालनमा छन् । स्वदेशमै सीपयुक्त शिक्षा दिने उद्देश्यले स्कुल २०७५ सालदेखि सञ्चालनमा आएको थियो । विद्यालय परिसरमा फुटबल, बास्केटबल, स्विमिङ पुल, क्रिकेट मैदान र ब्याटमिन्टन कोर्ट छ ।

त्यस्तै इनडोर र आउटडोर दुबै खाले खेलमा ध्यान दिइएको छ । यो स्कुलको अर्को विशेषता भनेको प्रत्येक वर्ष नेपाल र विदेशी विज्ञ बोलाएर शिक्षकहरूलाई तालिम दिने गरेका छन् । यहाँ शिक्षकले विद्यार्थीलाई खेलहरू खेलाउँदै पढाइने गरेको बुझिएको छ । ‘सामूहिक छलफल हुन्छ । विद्यार्थीलाई सरसामग्री र शिक्षकको सहयोग दिइन्छ । तर उनीहरूले आफैं सिक्न सकुन भन्ने उद्देश्य स्कुलको छ । ठूलो क्षेत्रफलमा फैलिएको यो स्कुलले कक्षामा सीमित विद्यार्थी राखेर पढाउने गरेको छ । स्कुलमा विद्यार्थी बिरामी परे नर्सिङ स्टेशन र विद्यार्थीलाई कहिलेकाहीँ चाहिने मनोवैज्ञानिक परामर्शका लागि परामर्श कक्ष छ ।’,प्रधानाध्यापक खुलालले बताए ।

प्रधानाध्यापक खुलालका अनुसार विज्ञानका ल्याबहरू यहाँ विशेष छन् । अन्य विद्यालयमा जस्तो एकै ठाउँमा फिजिक्स, केमेस्ट्री, बायोलोजीका काम नभई भिन्दा भिन्दै कोठा छन् । शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका सांसद रामअशिष यादव,इन्जियर डा. मिथिलेश झा ,जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष भगत साह,सामाजिक अभियन्ता सरोज मिश्रसहितका वक्ताहरुले शिक्षाको अवस्थाबारे आआफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News