अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:४५

संयुक्त एम्बुलेन्स चालक संघ धनुषाको नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार राजेश कुमार यादवको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । जनकपुरधाममा संघको जिल्ला भेलाबाट समिति चयन भएका छन् । संघको उपाध्यक्ष पदमा अरुण कापर, सचिवमा अनिल कुमार लाल कर्ण र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद शर्मा चयन भएका छन् । यस्तै, संघको सदस्यहरुमा महेश दास, दीपेन्द्र यादव, मनोज यादव, विमलेश चौधरी र नरेश यादव छन् । संघको भेलाको प्रमुख अतिथि जनता समाजवादी पाटी (जसपा)का नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले इमान्दारिता पूर्वक सेवा प्रदान गर्न एम्बुलेन्स चालकहरुलाई आग्रह गरेका थिए । भेलामा एम्बुलेन्स चालकहरुले सामाजिक सुरक्षा कोषमा आफूहरुलाई पनि समावेश गर्न सरकारसँग माग गरेका थिए ।

Comment


Related News