अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:५६

भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवंम नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य उमाशंकर द्विवेदी ’दधिचि’को निधन भएको छ ।

भाषा, साहित्य र संस्कृतिका जानकार व्यक्तित्वको रुपमा परिचित द्विवेदीको निधनले नेपालीय भोजपुरी साहित्य र संस्कृतिमा अपूरणीय क्षति भएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका ६८ बर्षीय द्विवेदीको शनिबार दिउँसो निधन भएको छ । द्विवेदीको उपचारको क्रममा मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा दिउँसो साढे ३ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ । घरमा ह्रदयघात भएपश्चात उपचारको क्रममा बयोधा मेडिसिटि अस्पतालमा निधन भएको जनाइएको छ । द्विवेदीले भोजपुरी भाषामा विदागिरी खण्डकाव्य, चुरइन कथा संग्रह, हमरा गाँव के लोग उपन्यास लगायत केहि नेपाली तथा भोजपुरी भाषामा अनुवादित एक हजार भन्दा बढी स्तम्भ÷लेख प्रकाशित छन् । नेपालीय भोजपुरी साहित्यको पहिलो खण्डकाव्यको द्विवेदीले प्रकाशन गरेका थिए । उनको आइतबार बिहान ११ तिलावे नदीमा अन्त्येष्टि गरिने उनको जेठो छोरा राधेश्याम द्विवेदीले जनाए ।

Comment


Related News