अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:५८

रौतहटको गुजरा नगरपालिकामा शनिबार जनता समाजवादी पार्टी नेपालको नगर तदर्थ समिति गठन गरिएको छ ।

गुजरा नगरपालिकाको नगर स्तरीय भेलाबाट जसपा नेता अनुठा धामीको अध्यक्षतामा ३१ सदस्यीय नगर तदर्थ समिति गठन गरिएको छ । जसपा नेपालको गुजरा नगर कमिटीद्वारा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलाको माध्यमले गठित नगर कमिटीको अध्यक्षमा धामीलाई चयन गरिएको छ भने वरिष्ठ उपाध्यक्षमा किसनाथ राम, उपाध्यक्षमा दिलीप कुमार यादव, कुमारी देवी पासवान, सचिवमा जमुल्लाह मन्सुरी, सह–सचिवमाद्धय दिनेश चौधरी, जयमंगल साह कल्वार, कोषाध्यक्षमा देवकी चौधरीलाई चयन गरिएको जसपाका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए । जनता समाजवादी पार्टीले आफ्ना संगठन विस्तार अन्तर्गत प्रत्येक पालिकामा नगर तदर्थ समिति गठन कार्यलाई तीव्रता दिएको अध्यक्ष यादवले बताए ।

जिल्लाको अधिकांश पालिकामा नगर तदर्थ समिति गठन भइसकेको र गठन गर्न बाँकी रहेको पालिकामा समेत धमाधम तदर्थ समिति गठन गर्ने काम भइरहेको उनले बताए । जसपाका केन्द्रीय सदस्य रामअश्रय चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सचिव पुनित राम, प्रदेश सदस्य एवं जिल्ला सह–इन्चार्ज राजकुमार दास तत्मा लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News