
देशभरका नायब सुब्बाहरूले अहिले बिहान १० देखि ११ बजेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई धमाधम एसएमएस पठाइरहेका छन्।
मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाइएको संघीय निजामती सेवा विधेयकको मस्यौदामा आफूहरूले उठाएका विषय सम्बोधन नभएको बताउँदै उनीहरूले मन्त्री र सचिवलाई विरोधस्वरुप एसएमएस पठाएका हुन्।
यस्तो छ एसएमएस
माननीय मन्त्रीज्यू !
‘नासुका आँशु’ देख्नु भएन?
तपाईंको ऐन हामीलाई स्वीकार्य छैन !
- पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई १ तह र १० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस् !
- तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौं) र उपसचिव(नवौं) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानूनी व्यवस्था होस् !
- अधिकृत छैटौं तहको पदपूर्तिमा
५० % खुल्ला
४०% बढुवा
१०% आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् ! - सेवा प्रवेशको लागि चौथो, छैटौं, नवौं र एघारौं तहलाई प्रवेश विन्दु कायम गरियोस् !
- सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् !