अपडेट 
२०७९ चैत्र १९, आईतवार १५:४०

नेपाली कांग्रेसले बारा-२ को उपनिर्वाचनमा जनता समाजवादीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले उक्त क्षेत्रमा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको कांग्रेसका प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा- २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन्। मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको हो।

Comment


Related News

Latest News

Trending News