
आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको मूल्य एक लाख ८ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै,चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ ।
शुक्रबार एक लाख ९ हजार २०० रुपैयाँमा छापावल, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७०० र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।