अपडेट 
२०७९ चैत्र १९, आईतवार १७:५८

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवदेन सर्वसम्मतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले समितिको तर्फबाट रमेश लेखकले पेश गर्नुभएको नियमावली मस्यौदा समितिको प्रतिवदेनलाई पारित गरेको हो । बैठकमा सांसदहरुले राखेका केहि संशोधनलाई स्वीकार गरिएको थियो भने केहि संशोधन प्रस्ताव फिर्ता भएको थियो । नियमावलीको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै लेखकले सांसदहरुले राखेका संशोधन प्रस्तावहरुको भावनालाई समेट्ने गरि परिमार्जन गरिएको जानकारी दिनुभयो ।

संसदको बैठक १ बजे बस्ने र एकघण्टाभित्र बैठक सुरु हुन नसके अर्को बैठकको समय तोक्नुपर्ने व्यवस्था गरिएको लेखकले बताउनुभयो । त्यस्तै नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकता अनुसार बस्ने उल्लेख गरिएको छ ।

Comment


Related News