अपडेट 
२०७९ चैत्र २०, सोमबार ०६:३३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत बाराका एक जना कर्मचारी र एक जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले आइतबार १५ हजार रकम घुससहित बाराको कलैयाबाट मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत खरिदार रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरी पटेललाई नियन्त्रणमा लिएको छ । जग्गा रजिष्ट्रेशन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बाराको कलैयामा १५ हजार घुस रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

Comment

Related News