राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमण विरुद्ध प्रदर्शन गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुर स्थित दमकल चोकबाट शुरु भएको ¥याली मुस्लिम आयोगको अगाडि पुगेर विरोध प्रदर्शन तथा विरोधसभामा परिणत भएको थियो । प्रदर्शनमा अभियानका अभियन्ताहरुले जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ, मुस्लिम आयोग खारेज गर, इलस्लामिक अतिक्रमण बन्द गर, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ, जिहादी आतंकवाद मुर्दावाद र हिन्दु एकता जिन्दावाद, समीम मियाँलाई कारबाही गर, नेपाललाई तालिवान बनाउन पाइदैन भन्दै नारा लगाएका थिए । कोणसभामा अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको बताए । उनले भने,’हिन्दुहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ कि नेपालमा जिहादी गतिविधि बढेको छ।’ सोही क्रममा उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झुटो विज्ञप्ति निकालेको बताए । उनले भने, मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले सामाजिक सद्भावमा असर पु¥याएको छ।’
प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पू यादव, अभियानकी सदस्य मीना देवी, दिवस पटेल लयायत सयौँको संख्यमा अभियन्ताहरु सहभागी भएका थिए ।रासस