अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०७:४८

जनकपुरधामबाट ठगी गर्ने गिरोह पक्राउ परेको छ ।

सोमबार प्रहरीले पिडारी चोकबाट अनलाइन ठगी गर्ने २३ जनालाई पक्राउ गरेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले १४ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरेको जानकारी दिएका छन् । उनीहरुमाथि घर भाडामा लिएर अनलाइन ठगी गरेको आरोप छ । उनीहरुले काम गर्ने ठाउँबाट ९० थान कम्प्युटरसहितको सामान बरामद भएको जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरु विभिन्न एपमार्फत हनिट्रैप जस्ता धन्धा गर्दै आएका थिए । अवैधरुपमा विद्युतीय कारोबारमार्फत एक देशमा बसेर अर्को देशका नागरिकलाई विभिन्न एप बनाएर नग्न तस्विरहरु आदान–प्रदान गरी ठगी गर्दै आइरहेको खुलेको प्रहरीले जनाएको छ । ब्लैकमेल गर्ने, ऋण लिनका लागि प्रोत्साहन गर्ने र हजारदेखि लाखौँ रुपैयाँसम्म असुल्नका लागि विद्युतीय कारोबारमार्फत धन्धा सञ्चालन गर्दै आएको बुझिएको छ ।

उनीहरुले विगत ३ महिनादेखि दिलाजी आइटी कम्पनी काठमाण्डु–८ को नाममा जनकपुरधाममा अवैधरुपमा यस्तो कारोबार सञ्चालन गरिरहेका थिए । प्रहरीले उनीहरु माथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News