अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०८:०२

सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौनामा काटिरहेको रुख ढल्दा एक पैदल यात्रुको मृत्यु भएको छ ।

सोमबार बाटोमा हिँडिरहेको बेला काट्दै गरेको रुख ढलेर घटना स्थलमै अन्दाजी ४५/५० एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनी तराई मूलको जस्तो देखिने मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यता रुख काट्ने व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजतलास जारी रहेको जनाइएको छ ।

Comment

Related News