अपडेट 
२०७९ चैत्र २१, मंगलवार १७:०४

राष्ट्रियसभाले मंगलबार दुई वटा विधेयक पारित गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको राष्ट्रियसभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरेको हो ।

राष्ट्रियसभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ । राष्ट्रिय सभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ।

Comment


Related News

Latest News

Trending News