अपडेट 
२०७९ चैत्र २२, बुधबार ०७:२०

मालपोत कार्यालय धनुषाबाट प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका–४का ५० वर्षीय राम विनोद साह रहेका छन् । सोमबार मध्यान्ह साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि लिएको ६ हजार ९ सय रुपैयाँ घुससहित प्रहरीले पक्राउ गरेको जनाइएको छ । जिप्रका धनुषाबाट खटेको प्रहरी टोलीले साहलाई नगदसहित मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News