अपडेट 
२०७९ चैत्र २२, बुधबार ०७:२७

जनकपुरधाम उपमहानगरपालिका–२३ को वडा कार्यालय राख्ने विषयमा विवाद देखिएको छ ।

स्थानीयको मतभेदका कारण विवाद देखिएको छ । बिन्धीस्थित वटेश्वरनाथ मन्दिरको परिसरमा वडा कार्यालय सञ्चालनमा थियो । सीताराम महायज्ञ भएको हुनाले यही चैत ८ गतेदेखि २२ दिनको लागि कार्यालय गोविन्द सेवा समिति स्थित राखिएको छ । कार्यपालिका बैठकबाट निर्णय गराइ यहाँ कार्यालय ल्याइएको वडाध्यक्ष राघवेन्द्र साहले जानकारी दिए । तर केही व्यक्तिले राजनीति गरेर वडा कार्यालय सारिएको भन्दै तत्कालीन कार्यालयमा तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको छ । अब एक पक्षले साबिककै ठाउँमा वडा कार्यालय हुनुपर्ने माग गरेका छन् भने अर्को पक्षले तत्काल अहिलेकै ठाउँमा कार्यालय राख्नुपर्ने धारणा राखेका छन् । सोही माग गर्दै उनीहरुले मंगलबार उपमहानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

वडा बोर्ड र वडा भेलाको निर्णय कायम गर्नुपर्ने माग गरेका छन् । वडा कार्यालय भवन निर्माणका लागि पालिका स्त्तरीयबाट छुट् याइएको बजेट कार्यान्वयनको लागि चैत १८ गते वडा भेलाबाट निर्णय गरिएको थियो । पालिकाले बजेट छुट्याइए पनि कार्यान्वयनमा नल्याएको वडाध्यक्ष साहको गुनासो छ । ‘बिन्धीस्थित रहेको कार्यालय साँघुरो छ । र, भाडा पनि तिर्नुपरेको छ,’उनले भने,‘हामीले आफ्नै भवन बनाउन खोजेका छौं । पालिकाले बजेट पनि छुट्याएको छ, सो कार्यान्वयन गर्दिनु प¥यो ।’ गलत मनसायको व्यक्तिले हल्ला फिँजाएर वडाको विषयमा राजनीति गरिरहेको उनले आरोप लगाए ।

लादो र बेलाका वासिन्दाहरुले वार्ड कार्यालय बिन्धी र लादोबेलाको मध्य भागमा हुनुपर्ने माग गरेका छन् । वार्ड कार्यालयको विवाद समाधान गर्दै दुबैतर्फका नागरिकहरुले पायक पर्ने स्थानमा वार्ड कार्यालय स्थापनाको माग गर्दै विरोध प्रदर्शन समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News