अपडेट 
२०७९ चैत्र २२, बुधबार ०७:५५

पर्साको वीरगञ्जबाट ११ जना बिचौलिया पक्राउ परेका छन् । नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने ११ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेका छन् ।

सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र–बाहिर गर्ने, प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा हिजो मङ्गलवार उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धकाे कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Comment

Related News