२०७९ चैत्र २२, बुधबार १७:४६

रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।

रविलाई राहदानी मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ताले गरेपछि त्यसविरुद्ध रिट परेको थियो। सिन्धुलीका युवराज पौडेल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो।  उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Comment

Related News

Latest News

Trending News