
गृह मन्त्रालयले मनपरी रूपमा यात्रु ओसार्ने निजी गाडीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई मनपरी रूपमा यात्रु ओसार्ने निजी गाडीमाथि कारबाही गर्न निर्देशन दिएको हो ।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने गाडीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।
महासंघले मंगलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।