अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:१३

एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान विरुद्ध अभिव्यक्ति दिएका छन् ।

राष्ट्रिय गानमा रहेको शुरुको धुन हटाउनुपर्ने बताएका छन् । वीरगञ्जमा आयोजित एउटा कार्यक्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय गानअघि शुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए । ‘राष्ट्रिय गानको शुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनुपर्छ’ उनले भने, तर अहिलेको हाम्रो राष्ट्रिय गानमा शब्द शुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन । त्यसलाई सच्याएर शब्दको धुनबाट शुरु गर्नुपर्छ भन्दै उनले त्यो सच्याउन सरकारसँग आग्रह गरे ।

Comment

Related News