अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:२३

सप्तरीमा प्रहरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले बुधबार साँझ मशाल जुलुस निकाल्दै प्रदर्शन गरेको छ । मंगलबार प्रहरी निरीक्षक नवीन थापा मगरले जसपा सप्तरी जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरेको आरोप छ । कुटपिट गरेको प्रहरीलाई कारबाही गर्ने माग गर्दै जसपाले दुई दिनदेखि राजविराजमा प्रदर्शन गर्दै आएको छ । जसपा अध्यक्ष यादव दुई पक्षको विवाद मिलाउन प्रहर ीसँगै छलफलमा बसेका थिए । सोही छलफलमा प्रहरीसँग विवाद भएको थियो । प्रहरी र नेताबीच धक्कामुक्की हुँदा नेता यादवको अनुहारमा डाम बसेको छ । उनीहरुले प्रहरी निरीक्षक थापालाई कारबाही गर्नुपर्ने माग गरेका छन् । तर सप्तरी प्रहरी प्रमुखले उनको संरक्षण गरेको जसपा नेताहरुको गुनासो छ । प्रहरी निरीक्षक थापा अहिले जिल्लामै कार्यरत छन् ।

Comment


Related News