अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:२५

नेपाल टेलिकम प्रादेशिक कार्यालयले बुधबारदेखि वीरगञ्जमा सडक मर्मतको काम शुरु गरेको छ । वीरगञ्ज महानगको विरोधपछि नेपाल टेलिकम प्रादेशिक कार्यालयले आजैबाट काम शुरु गरेकोछ ।

महिनौदेखि अटेर गरेर बसेको विरोधमा वीरगञ्ज महानगरपालिकाले मंगलबार प्रादेशिक कार्यालयममा फोहोर लगेर थुपारेको थियो । महानरपालिकाको विरोधको २४ घण्टा नबित्दै टेलिकमले बिहानैदेखि मर्मतको काम शुरु गरेको छ । सधंै ठेक्कापट्टाको कमिसनको मोलतोलमा अल्झिने गरेको नेपाल टेलिकमको मर्मत तथा निर्माणको काम महानगरपालिकाको एक पटकको ‘लबेद’ले तत्काल शुरु गरेको छ । महानरपालिकाको विरोधपछि प्रदेश कार्यालयका प्रमुख ‘त्वम् शरणम गच्छामि’ हँुदै एक हप्तामै मर्मतको सम्पूर्ण काम गरी सक्ने महानगपालिका सामु प्रतिबद्धता समेत जनाएको छ । विरोधबाट दबाबमा आएको टेलिकमले अलपत्रमा छाडेको काममा ठेकेदारलाई बुधबार बिहानैदेखि खटाएको छ । वीरगञ्जको बाइपास सडकमा अप्टिकल फाइबर बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको थियो ।

मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्र्याक्टर फोहर श्रीपुर स्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसर भित्रै लगेर फालि दिएको थियो । महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानैदेखि मर्मत गर्न थालेको वीरगञ्जका मेयर राजेशमान सिंहले बताए । टेलिकमका प्रादेशिक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्ल्किले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै पूरा गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । महानगर प्रमुख राजेशमान सिंह समक्ष टेलिकम कार्यालयका प्रमुख मल्लिकले व्यक्त गरेको प्रतिबद्धता अनुसार, ‘बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ती चोकसम्मको क्षेत्रमा ३ सय मिटरको मात्रै फुटपाथ मर्मत गर्न बाँकी रहेको छ । उक्त कार्य चैत २७ भित्र सक्ने गरी मर्मतको ठेक्का सकारेको पाइनस÷वनके जेभी कन्ट्रक्सनले लिखित रुपमा प्रतिबद्धता जनाएको छ ।

टेलिकमले सडक र फुटपाथ मर्मतको काम शुरु गरेपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर महानगरले बुधबार बिहानै देखि हटाएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News