अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:३९

जनकपुरधाममा विहीबार (आज) देखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्र ाष्ट्रिय बहुउद्देश्यीय रंगशालामा प्रतियोगिताको उद्घाटन खेल दिउँसो १ बजेदेखि हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन खेल जनकपुर र महोत्तरीबीच हुने धनुषा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए । शुक्रबार बारा र हेटौंडाबीच प्रतिस्पर्धा हुने खेल तालिकामा उल्लेख छ । उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङसहितको उपस्थिति रहने छ । प्रतियोगितामा सहभागी भएको १२ वटा टिमलाई चार वटा समूह बनाइएको छ । जानकी समूहमा जनकपुरधाम, महोत्तरी र सिरहा रहेको छ ।

यस्तै, मिथिलामा काठमाण्डु, सप्तरी र पोखरा छन् । वैदेही समूहमा हेटौंडा, बारा र रौतहट टिम छन भने भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्सा क्रिकेट टिम परेका छन् । सबै समूह गोला प्रथाबाट छनोट गरिएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिता विजेता टिमलाई नगद अढाई लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने छ । पछिल्लो समय जनकपुरधाममा नियमित क्रिकेट खेल प्रतियोगिताको आयोजना हुँदै आएको छ । यस्तो प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा मद्दत पुग्ने खेलप्रेमीहरु बताउँछन् । धनुषा क्रिकेट संघले अगामी पाँच वर्षभित्र राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने गरी खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Comment


Related News

Latest News

Trending News