अपडेट 
२०७९ चैत्र २३, बिहीबार १५:५०

हिजो भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने घटेको छ ।

तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय  ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News