
हिजो भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने घटेको छ ।
तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।