अपडेट 
२०७९ चैत्र २३, बिहीबार १८:४४

पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  ३५८ पुगेको छ ।

बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये  ४ जना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News