अपडेट 
२०७९ चैत्र २४, शुक्रबार ०७:३८

लोकतान्त्रिक मधेशी मोर्चाले धनुषाको प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

विहीबार मोर्चाका नेताहरु सहायक प्रजिअ अनुज भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले आपसी सहकार्य गर्दै केही दिनअघि मोर्चा गठन गरेका थिए । सोही मोर्चाले ११ सूत्रीय माग राखेर ज्ञापनपत्र बुझाएका छन् । सबै समुदायको माग सम्बोधन गर्नुपर्ने, राष्ट्रियसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने र संघीय संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिका लगायतका विषयमा त्रुटिहरु सुधार्न संविधानको संशोधन गर्नुपर्ने मागसमेत गरेका छन् ।

पूर्ण सामानुपातिक निर्वाचन पद्धति लागू गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गरिने व्यवस्था हुनुपर्ने, नागरिकता विधेयक, २०७९ कानून बनेको घोषित गर्नुपर्नेलगायतका मागसमेत मोर्चाले गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी मधेश, थरुहट आन्दोलनको क्रममा लगाइएका झूटा मुद्दाहरू खारेज गर्नुपर्ने उनीहरुको प्रमुख माग रहेको छ । नेपाल–भारतबाट घरायसी प्रयोगको लागि गरिएको सामान, कृषि सामग्री र लत्ता– कपडा लगायत वन्दोवस्तीका सामानहरु ल्याउन लैजान ल्याउन सहज हुनुपर्ने माग पनि मोर्चाले अगाडि सारेको छ ।

Comment


Related News

Latest News

Trending News