अपडेट 
२०७९ चैत्र २४, शुक्रबार ०८:१०

रौतहट जिल्लाको मौलापुर नगरपालिका– ५ मौलापुर बजारमा कानून विपरीत रुपमा सञ्चालन रहेको ४ वटा औषधि पसल सील गरिएको छ । सम्बन्धित निकायको अनुमति बेगर सञ्चालनमा रहेको ४ वटा औषधि पसल औषधि व्यवस्था विभाग वीरगंजबाट आएको अनुगमन टोलीले स्थानीय प्रहरीको सहयोगमा बिहीबार सील गरेको छ ।

औषधि व्यवस्थापन विभागका प्रमुख मुकेन्द्र पँजियार , विभागका फार्मेसी अधिकृत सरफराज अहमद खा ,जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली अनुगमन गर्ने क्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको महादेव सेन्ट्रल हस्पिटल ,शांन्ति सेन्ट्रल हस्पिटल ,मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल सील गरिएको प्रमुख पँजियारले बताए । पसल सम्वन्धित निकायमा दर्ता नगरिएको,अनुमति प्राप्त नभएको औषधि भण्डारण गरेको , खारिज भइसकेको फार्मेसीको नामबाट कारोबार गरेको ,नवीकरण नभएको र व्यावसायिकों अनुपस्थतिमा पसल सञ्चालन गरेको पाइएकोले पसलहरु सील गरिएको उनले बताए । मौलापुर बाजारमा अनुगमनको क्रममा फेला परेको मापदण्ड विपरीत औषधि पसलबाट बिक्री वितरण तत्काल रोक लगाइएको प्रमुख पँजियारले जानकारी दिए । औषधि व्यवस्था विभागबाट नियमित रुपमा फार्मेसी हरुको अनुगमन निरिक्षण नहुँदा ग्रामीण भेग ,बाजारहरुमा व्यापक रुपमा औषधि पसलहरु सञ्चालनमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News