२०७९ चैत्र २४, शुक्रबार १३:३४

नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरिएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो। 

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्। 

Comment

Related News

Latest News

Trending News