अपडेट 
२०७९ चैत्र २४, शुक्रबार १९:५०

जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा बारा र सिरहा विजयी भएको छ ।

शुक्रबार भएको पहिलो खेलमा बारा क्रिकेट टिमले हेटौंडालाई २० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४४ रन बनाए । बाराका लागि सर्वाधिक शाहिल पटेलले २८ बलमा ४१, अरनिको यादवले नटआउट ३४ बलमा ३४ र पवन शराफले २७ बलमा २४ रन बनाए ।

हेटौंडाका लागि विशाल फुयालले दुई, राम नरेश गिरी, रिजन ढकाल र शुभ कंसकरले एक/एक विकेट लिए ।

१४५ रनको लक्ष्य पाएको हेटौंडाले  २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । हेटौंडाका लागि विशालले सर्वाधिक २१ र शुभले १७ रन बनाए । बाराका अनिलकुमार साहले तीन, कुमार थापा र अरनिको यादवले दुई/दुई विकेट लिए । खेलको म्यान अफ दी म्याच अरनिको घोषित भए ।

यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा महोत्तरीलाई १३ रनले हराउँदै सिरहा विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको सिरहाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाए ।

सिरहाका लागि राकेश कामतीले सर्वाधिक ५१ बलमा ३९ र अशोक यादवले १७ बलमा २२ रनको योगदान दिए ।

महोत्तरीका नविन यादव र हरिकृष्णाले दुई/दुई विकेट लिएका थिए । ११० रनको लक्ष्य पछ्याएको महोत्तरीले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमै समेटिएका थिए । सिरहाको तर्फबाट बलिङ गरेका पृथ्वी यादवले तीन र मनोज यादवले दुई विकेट लिएका थिए ।

Comment


Related News