अपडेट 
२०७९ चैत्र २४, शुक्रबार १९:५१

पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २६ जना सङ्क्रमित निको भएका छन् । कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७३ जना पुगेको छ । सङ्क्रमितमध्ये चार जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा १७ हजार छ सय ६६ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News