अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:१९

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका स्थित रहेको मावि खजुरी चन्हामा तीन दिवसीय सुरक्षित विद्यालय फ्रेमवर्क कार्यान्वयन कार्यविधि र सूचना सञ्चार प्रविधि तालिम सम्पन्न भएको छ ।

जनकनन्दिनी र विदेह नगरपालिकाका विभिन्न १५ वटा विद्यालयका ३० जना शिक्षकहरुलाई तालिम दिइएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र आसमान नेपालको आयोजनामा संचालित सिकाई परियोजना अन्तरगत सो तालिम दिइएको जनाइएको छ । कक्षाकोठाको व्यवस्थापन, विगत र वर्तमान अवस्थामा हुनु पर्ने परिवर्तन, आधुनिक प्रविधिहरुको प्रयोग लगायतको विषयमा तालिम दिइएको थियो । सो तालिममा शिक्षकहरुले प्रभावकारी शिक्षण सिकाईको लािग विभिन्न किसिमको साधानहरुको प्रयोग, वर्तमानमा कक्षाकोठा भित्र पाठ्यपुस्तक, बल्याकबोड/ह्वाइटबोर्ड , भित्तेलेखन जस्ता शैक्षिक सामग्रीहरुको प्रयोग, उनीहरुले सिकाइलाई समुदाय तथा व्यवहार परिवर्तन गर्नबाट बन्चित भईरहेका कारण बदलिदो परिस्थितीमा कक्षाकोठा एउटा प्रयोगशाला कसरी गर्ने सम्वन्धमा सो तालिममा विस्तृतमा जानकारी गराइएको थियो ।

ICT प्रयोग गर्नुको अर्थ विश्वलाई आधुनिक प्रविधिहरु मोवाईल, कम्पुटर, मल्टिमिडिया, इन्टरनेट, प्रोजेक्टर, डिजिटल बोड जस्ता सामग्रीहरु मार्फत सहजीकरण गरी प्रतिदिन बालबालिकाहरुमा शैक्षिक रुपान्तरण गर्दै जानु रहेको बताइएको थियो । विद्यालयको न्यूनतम सुरक्षा उपायका लागि गर्नुपर्ने क्रियाकलापहरु समेटिएको कार्याविधिले बृहत् विद्यालय सुरक्षा कार्यान्वयनका लागि मार्गनिर्देश, उक्त कार्यविधिलाई विद्यालयसम्म पु¥यायी नेपाल सरकारले लिएको उत्थानशीलता अभिवृद्धिको तपसिलका लक्ष्यहरुलाई पुरा गराउनु रहेको बताइएको थियो । उत्थानशीलता अभिवृद्धि गर्न शिक्षक र विद्यार्थीलाई मृत्यु र घाइते हुनबाट बचाउने, विपद्पछि विद्यालयलाई निरन्तरता दिनसक्ने वातावरण तयार गर्ने, शिक्षामा गरिने लगानीको सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउने र शिक्षाका माध्यमबाट विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता सशक्तीकरण गर्ने रहेको बताइएको थियो ।

सम्भावित प्रकोपलाई सम्बोधन गर्नेगरी भौतिक संरचनाको निर्माण, पुनर्निर्माण र प्रबलीकरणलाई सुनिश्चित गर्दै विद्यालयको सुरक्षामा सुधार गर्नु, विद्यालय तहमा विपद् जोखिम न्यूनीकरणलाई मूलप्रवाहीकरण गरी संस्थागत व्यवस्था सुनिश्चित गर्नु, बृहत् विद्यालय सुरक्षासम्बन्धी विषयवस्तु पाठ्यक्रममा समावेश गरी पठनपाठन गर्नु तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक संजीवकुमार साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News