अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:२९

सर्लाही जिल्लाको बरहथवा नगरपालिका वार्ड नम्बर १७ कटानी टोलबाट शुक्रवार प्रहरीले १ हजार दरका २ लाख ६८ हजार नक्कली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा छापामारी जिल्ला प्रहरीले नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद गरेको हो । नक्कली नोटको कारोबारमा संलग्न रहेका केही व्यक्ति फरार भएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जनाए । विशेष सूचनाको आधारमा पुगेका प्रहरीले घटनास्थलबाट २ सय ६८ थान हजार दरको नक्कली नोट, नोट बनाउन प्रयोग गरिने नोटको आकारमा काटिएको कागज, केही फोटो कपी पेपर र २ थान भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ५ बस्ने रामप्रसाद रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नक्कली नोटको कारोबारमा गिरोह नै संलग्न देखिएकाले थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ । सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको प्रहरीले जनाएको छ । विगत तीन महिनाको अन्तरालमा नक्कली नोट सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३ महिनाको अवधिमा प्रहरीले १ हजार दरका ६८ हजार नक्कली रुपैयाँ सहित ९ जनालाई नियन्त्रणमा लिइ कारबाही गरेको थियो ।जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् ।

तीन जना एक–एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । ३ महिनाको अवधिमा ३ लाख ३६ हजार नक्कली रुपैयाँसहित २ सय ३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन समेत बरामद भएको एसपी सुवेदीले जनाए । सर्लाहीका एसपी सुवेदीका अनुसार नक्कली रुपैयाँको कारोबार सर्लाहीमा बढेको बताए । ‘सर्लाही जिल्ला नक्कली नोट कारोबारको हब बन्दै गएको छ ’ एसपी सुवेदीले भने प्रहरी हेडक्वाटर र प्रदेश प्रहरी कार्यालयलाई समेत जानकारी गराइ गहन अनुसन्धान शुरु गरिएको छ ।

Comment


Related News

Latest News

Trending News