
रौतहट जिल्लाको सदरमुकाम गौरमा व्यूटीपार्लर सञ्चालन गरी त्यसको आड़मा अनैतिक कार्य यौन धन्धा गर्दै आएका २ जना महिला सहित ३ जनालाई नेपाल प्रहरीले छापामारी गरी पक्राउ गरेको छ ।
गौर नगरपालिका वड़ा नम्बर १ गुदरी बजार जाने बाटोमा आफ्नो घरमा व्यवसाय संचालन गरेर यौन धन्धा गर्दै आएको सूचनाको आधारमा प्रहरीले अनैतिक कार्य गरिरहेको अवस्थामा एक जोड़ी महिला पुरुषलाई पक्राउ गरेको छ । साहिबा कोल्ड स्टोर तथा साहिबा ब्यूटीपार्लर सञ्चालन गरेकी संचालिका नीलू जायसवालसहित आपत्तिजनक अवस्थामा पक्राउ परेका जोड़ी समेतलाई प्रहरीले नियंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयको अनुसार ब्यूटीपार्लरको आड़मा धेरै दिनदेखि घरमा यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । प्रहरीले घर भित्रबाट प्रयोग भएको कण्डम तथा प्रयोग नभएको कण्डम बढ़ी संख्यामा बरामद समेत गरेको छ । भारतबाट यौन व्यवसायी धन्धामा लागेकी महिला र युवतीहरुलाई बोलाएर वेश्यावृति फैलाउने कार्य गर्दै आएको संचालिका माथि कडा कÞानूनी कारबाही गर्नुपर्ने स्थानीयहरुले मागसमेत गरेका छन ।
ब्यूटीपार्लर सञ्चालन गरेको संचालिकाको कारण त्यस क्षेत्रको वातावरण समेत नराम्रो प्रभावित भएको स्थानीयहरुले बताएका छन । पक्राउ पर्ने युवा रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुर को रहेको बुझिएको छ भने महिलाको नाम थर वतन गोप्य राखिएको छ ।