अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:४३

आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले अगामी बैशाखमा हुन लागेको उप निर्वाचनमा सचेत हुन जनतालाई अनुरोध गरेका छन् ।

शुक्रबार जनकपुरधाममा पार्टीको धनुषा समितिले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका साहले सो कुरा बताएका छन् । उनले आफनो पार्टी चुनाव जित्ने नेता तथा कार्यकर्तालाई विश्वास दिलाए । गठबन्धनको नाउँमा एक वास्तविक नेता कार्यकर्तामाथि अन्याय भएको उनको ठहर छ । आफनो पार्टी दलिय तन्त्र हटाउन लागिपर्ने उनको कथन छ । १५ लाख युवाहरु विदेशिदा उनले चिन्ता प्रकट गरे । देशको अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै यसमा षडयन्त्र भइरहेको उनको तर्क छ । देशका केहि घाराना र त्यसका आसेपासेहरु हरेक देशमा बसेर नेपालका श्रमिक स्वदेश पैसा पठाउँदा हुण्डीमा पैसा पठाउन लगाएर विदेशमै पैसा घेरेर देश बर्बाद गर्ने काम गरिरहेको उनले बताए । कार्यक्रममा पार्टीका उपाध्यक्ष बद्रि न्यौपाने, उपमहासचिव कुन्दन कुशवाहा, नेता श्रीलाल महासेठ, सन्तोष राज सहनी, सेलिना कुवर सहितको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News