अपडेट 
२०७९ चैत्र २५, शनिबार १४:००

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ५ भङ्गहाका स्थानीयबासीमा देवता निक्लेको विषयलाई लिएर उकुसमुकुस छ । गाउँको ठाउँ ठाउँमा भगवान शिवको लिङ निक्लेको बारे चर्चा सुनिन्छ । गाउँदेखि पूर्वमा रहेको पोखरी डिलमा महादेव मन्दिर अवस्थित छ । ती महादेव मन्दिरमा वर्षको साउन महिना र शिवरात्रीमा भिड लाग्ने नै गरेको छ । तर, अहिले भने चैत महिनामा पनि त्याहा गाउँबासीले बिहान र बेलुका पूजाअर्चना जाने गरेका छन् । हुनतः भगवान शिवको पूजा गर्ने केही नियमित श्रद्धालु छन् । अहिले भने नियमित बाहेक आम बासिन्दा पनि चासो राख्दै मन्दिरमा दर्शन पूजाका लागि आउने गरेको स्थानीय विश्वनाथ यादवले बताए ।

उनका अनुसार अहिले भंगहासहित छिमेकी गाउँका श्रद्धालुपनि दर्शनपूजाको लागि महादेव मन्दिरमा पुग्ने गरेका छन् । मन्दिर अगाडि रहेका पिपलको बोटमुनी भगवान शिव मूर्ती कोरिएको कालो रंगको ढुंगा रहेको छ । ती ढुंगाको दर्शनपूजाको लागि भंगहासहित छिमेकी गाउँको श्रद्धालुभक्तजनहरु पुग्ने गरेका हुन् । ढुंगाको आकार बढ्दै गएको स्थानीयहरुको दावी छ ।

कलयुगमा भगवान शिवको लिङको उत्पतिको भएको भन्दै स्थानीयहरु दर्शनपूजाको लागि उत्साहित देखिएका छन् ।

आज भन्दा २० वर्ष अघि स्थापना भएको महादेब मन्दिरको प्रागंनमा रहेको पिपलको बोटमुनि कालो ढुङ्गा छ । जसमा केही कोरिएको जस्तो देखिएको छ । जसलाई स्थानीयले भगवान शिवको लिङ रहेको दावी गरेका छन् ।

स्थानियका अनुसार उक्त ढुङ्गा भगवान शिवको लिङ्ग रहेको छ र सो लिङ्ग दिन दिनै बढ्दै गइरहेको छ । स्थानीयवासीहरुले सो ढुंगालाई व्यवस्थापन गरेर धार्मिक आस्थाको रुपमा चिनाउन मन्दिर बनाई पूजापाठ विधिवत सुरु गर्न आग्रह समेत गरेको छ ।

Comment

Related News