अपडेट 
२०७९ चैत्र २६, आईतवार ०७:०७

 

जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा धनुषा क्रिकेट टिम सिट सुरक्षित गरेको छ । शनिबार निर्माणाधीन रामजानकी अन्तराष्ट्रिय बहुउद्देशीय रंगशालामा सिरहालाई दश विकेटले हराउँदै धनुषा सेमिफाइनलमा पुगेको छ । यसअघि धनुषा महोत्तरीलाई हराएको थियो । शनिबार टस जितेर शुरुमा सिरहा टिमले ब्याटिङ रोजेको थियो । कमजोर प्रदर्शन गर्दै सिरहा टिम १८ ओभरमा सबै विकेट गुमाएर मात्र ८४ रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए । सिरहाका लागि ओपनर ब्याटस म्यानको रुपमा आएका राकेश कामतीले सर्वाधिक १७ र शैलेन्द्र साहले १६ रन बनाए । यी बाहेका सिरहाका अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन् । धनुषाका लागि कृष्णा कार्की र विशाल शुशलिङले उत्कृष्ट बलिङ गरेका थिए । विशालले एक मेडन ओभरसहित चार ओभरमा मात्र आठ रन खर्चेर चार विकेट लिए । कार्कीले पनि तीन ओभरमा आठ रन खर्चेर चार र अकाश रोयले दुई विकेट लिएका थिए । जवाफमा धनुषा टिम सहजै लक्ष्य पूरा गरेका थिए । दश ओभर दुई बलमा बिना कुनै विकेटको क्षतिमा ८५ रन बनाएका थिए ।

धनुषाका लागि ओपनर ब्याट्सम्यानको रुपमा आएका हरिशंकर साह र म्यान यादवले राम्रो साझेदारी गरेका थिए । साहले सर्वाधिक नटआउट ३० बलमा ३६ रन र यादवले ३२ बलमा ३० रनको योगदान दिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका विशाल घोषित भएका थिए । यस्तै, शनिबार नै भएको पहिलो खेलमा हेटौडाले रौतहटलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर रौतहटले शुरुमा ब्याटिङ गरेको थियो । रौतहट क्रिकेट टिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर हेटौडा समक्ष एक सय ९ रनको लक्ष्य प्रस्तुत गरेका थिए

। रौतहटको शुरुवात राम्रै भएको थियो । रौतहटका लागि ओपनर ब्याट्सम्यानको रुपमा आएका अरविन्द चौधरीले ३८ बलमा ३६ र धमेन्द्र साहले २३ बलमा २७ रन बनाएका थिए । रौतहटका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । हेटौंडाका लागि बलिङ गरेका शुभ कंसकार र रामनरेश गिरीले तीन÷तीन विकेट लिए । जवाफी ब्याटिंगका लागि आएका हेटौंडाले १६ ओभर एक बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेका थिए । हेटौंडाका लागि उत्कृष्ट ब्याटिङ गर्दै गौरव खड्काले नटआउट ५० बलमा ५७ रनको योगदान दिए । उनी ओपनिङ खेलन गए पनि टिमलाई जिताएरै आएका थिए । रौतहटका लागि बलिङ गरेका आशिक साह र शनि साहले दुई÷दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच हेटौडाका गौरव खड्का घोषित भएका थिए ।

आइतबार दुई खेल हुने छन् । बिहान बारा र रौतहटबीच हुने भने दिउँसो पर्सा र सर्लाहीबीच हुने खेल तालिका राखिएको छ ।

Comment


Related News

Latest News

Trending News