अपडेट 
२०७९ चैत्र २६, आईतवार ०७:११

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार बाराको जितपुरमा आयोजित २४ कुण्डीय गायत्री महायज्ञको समापन कार्यक्रममा मुख्यमन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गरेका छन् । मधेश प्रदेशमा पर्यटकीय सम्भावना बोकेका मठ ,मन्दिरलगायत ऐतिहासिक तथा पुरातात्विक सम्भावनाका स्थलहरु रहेको कारण यसको विकासमा लागिपर्ने धारणा उनले व्यक्त गरे । पूजापाठ आत्माको शान्ति र शुद्धताको लागि गर्ने गरिएकोले हरेक व्यक्तिले यसको लागि समय छुट्याउनु पर्ने आग्रह गर्दै मुख्यमन्त्री यादवले भने,‘ पूजापाठ,धर्मकर्मले मानिसमा अनुशासन र संस्कारको विकास हुन्छ त्यसैले यसको लागि सबैले समय निकाल्न सक्नु पर्छ ।’ बुधबारबाट शुरु भएको महायज्ञ शनिबार सम्पन्न भएको छ । हरेक दिन बिहान ७ बजेदेखि ११ बजे सम्म गायत्री हवन गरिएको थियो । पूजा समितिका अध्यक्ष शिवजी साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजुराज गिरिले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य देवनारायण चौधरी , प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठका स्वकीय सचिव विकास साह लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News