अपडेट 
२०७९ चैत्र २६, आईतवार १३:४९

चौधरी ग्रुपको मातहतमा रहेकोCGNET छोटो समयमै नेपालमा एकदमै रुचाइएको इन्टरनेट प्रोभाइडर बन्‍न सफल भएको छ ।  बजारमा80 र 100 Mbps स्पिडको नेटको बर्चस्व हुँदा जनताले यो भन्दा सस्तो मुल्यमा अझै छरितो नेट पाउनुपर्छ भन्दै120 Mbps को  सबै भन्दा छिटो इन्टरनेट सुबिधा लिएर बजारमा उदाएकोCGNET, नेपाली इन्टरनेट क्षेत्रमा परिवर्तन ल्याउन सुरुवाती दिनहरुबाटै केन्द्रित रहेको छ ।

काठमान्डौँ सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट रIPTV सुबिधा दिँदै आएको CGNET ले सुविधा क्षेत्र बिस्तार गर्दै अप्रिल ५, २०२३ मा बिराटनगरमा आफ्नो  उद्घाटन समारोह सम्पन्‍न गर्यो । उक्त कार्यक्रममा, राष्ट्रिय क्रिकेट खेलाडी श्री ललित राजबंसी, दूरसञ्चार उद्योगका प्रतिष्ठित व्यक्तित्वहरुका साथै स्थानीय अधिकारीहरु र बासिन्दाहरुको उपस्थिति रहेको थियो । साथै उद्धाटनको हर्ष मनाउनका लागि भनेर बिराटनगरमा एक र्‍यालीको आयोजना पनि गरिएको थियो जसको नेतृत्वCGNET कै व्यवस्थापन टोली र कर्मचारीहरूले गरेका थिए ।बिस्तारकै क्रममाइटहरी, पोखरा, जितपुर, सिमरारधरान सम्म आफ्नो सुबिधा पुर्याउने योजना बनाएको  CGNET, हाल सेवा बिस्तारको क्रममा वीरगंज आइपुगेको  छ । यसरी थोरै सहरमा मात्र सिमितCGNET नेटवर्क बिस्तार हुँदा धेरै भन्दा धेरै ठाँउका मानिसहरु भरपर्दो र छिटो नेटको सुबिधाबाट लाभान्वित हुने कम्पनीले बताउँछ  ।इन्टरनेट रIPTV बाहेक सिजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दैCGNET “ Speed दमदारPrice शानदार” योजना अन्तगर्त आफ्ना प्रयोगकर्तालाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज, सिजीTV र घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर लिएर आएको छ ।  CGNET को प्रयोगकर्ता बनेर मानिसहरुले ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । नयाँ प्रविधिसँग मानिसहरुलाई सहज रुपमा जोड्नका र तिनलाई गुणस्तरिय सुबिधा दिनका निम्ति यस्ता अफर लिएर आएको कम्पनीको भनाइ छ ।

बजारमा आफ्नो उपस्थिति जनाएको थोरै समयमै प्रयोगकर्ता र अन्य मानिसहरुको मन जित्न सफल  CGNET, 130 Mbps नेटलाई सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा नेपाली जनता माँझ ल्याउने पहिलो कम्पनी हो ।  अत्याधुनिक प्रविधिको प्रयोग गर्दै देशै भर सस्तो र भरपर्दो इन्टरनेट सेवाका साथमा बिभिन्‍न अफर ल्याएर नेपाली इन्टरनेट मार्केटमा ठूलो परिवर्तन ल्याउनका लागि  CGNET  सदैव अग्रसर रहेको छ । देशलाई  संसार सँग सस्तो र भरपर्दो इन्टरनेटको माध्यमबाट जोड्ने उद्देश्यलाई पछ्याउँदैनैCGNET नेपालका विभिन्‍न क्षेत्रमा आफ्नो  सेवा बिस्तार गरिरहेको छ ।   सस्तो र भरपर्दो इन्टरनेट खोज्‍ने काठमान्डौँ बाहिरमा मानिसहरुका लागि यो एक सुवर्ण अवसर हो ।

Comment


Related News

Latest News

Trending News