
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेसबिनाको देशको कल्पना गर्न नसकिने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै खाँणले देशको निकास कांग्रेसकै हातमा रहेको दाबी गरेका छन् ।
पूर्वमन्त्री खाँणले नेपाली कांग्रेस संघिय सरकारमा शामिल भइसकेको अवस्थामा प्रदेश सरकारहरु समेत पुनर्गठन हुने बताए ।गठबन्धनमा आवद्ध दलहरुबिच प्रदेश सरकारहरुमा आलोपालो गरि मुख्यमन्त्री सैद्धान्ति सहमति भएको उनले जानकारी दिए ।
उपनिर्वाचन लगत्तै सातवटै प्रदेश सरकार पुनर्गठन तथा गठबन्धनमा आवद्ध दलहरुलाई कुन विधिले प्रदेश सरकारहरुमा शामिल गराउने लगायतको विषयमा छलफल अगाडी बढाइने खाँणले बताए ।