अपडेट 
२०७९ चैत्र २७, सोमबार ०७:४९

नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन दल बीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । आइतबार बिहान पे्रस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले सत्ता गठबन्धन दलबीच यस्तो सहमति भएको स्पष्ट पारेका छन् ।

सत्ता गठबन्धन दलहरुबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको उल्लेख गर्दै नेता खाँणले भने,‘ उपनिर्वाचन पश्चात प्रदेश सरकारहरु पुनः गठनको विषयमा सत्ता गठबन्धन दलबीच सहमति हुन्छ । अहिले उपनिर्वाचनमा हाम्रा साझा उम्मेदवारलाई सत्ता गठबन्धन दलका साथीहरुले सहयोग गर्नेछ ।’ संसदबाट दुई पटक पारित भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण नगरेका नागरिकता विधेयकलाई वर्तमान सरकारले स्वामित्व लिइ अगाडि बढाउनुपर्ने नेता खाँणले बताए । तत्कालीन राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको कारण नागरिकता नपाएका हजारौ युवाहरु उच्च शिक्षाका साथैका रोजगारीसहितका अवसरबाट वञ्चित हुन पुगेको उनले बताए । उनले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गरिदिन अनुरोध पनि गरेका थिए । संघियतालाई संस्थागत गर्न प्रदेश प्रहरी गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उनले भने,‘ म गृहमन्त्री हुँदा यो विषयमा केही प्रक्रिया अगाडि बढाएको थिए । तर चुनावको कारण त्यो अगाडि बढ्न सकेन्, वर्तमान सरकारले यो विषयलाई अगाडि बढाउनुपर्छ ।’ मधेश नेपाली काँग्रेसको आधारभूमि रहेको बताउँदै नेता खाँणले अब विस्तार हुने संघीय सरकारमा मधेशबाट प्रतिनिधत्व गर्ने सासदहरुलाई पनि मन्त्री बनाउनुपर्ने विषयमा पार्टी भित्र गहन छलफल भइरहेकोले उनले बताए ।

प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादव, पार्टीका महोत्तरी जिल्ला अध्यक्ष नागेश्वर यादवसहितका सहभागिता रहेको थियो ।

Comment

Related News