
रौतहट जिल्लाको गौरमा रहेको एक लजबाट प्रहरीले ३ महिला र २ पुरुष गरी ५ जनालाई आइतवार छापामारी गरी पक्राउ गरेको छ ।
गौर नगरपालिका–४ बसपार्क नजिक सञ्चालनमा रहेको रॉयल इन्दु लजबाट प्रहरी देह व्यापारमा संलग्न भएको आरोपमा २ महिला तथा २ पुरुषसहित तीन जनालाई पक्राउ गरेको छ । विगत केही महिनादेखि गौरमा अनैतिक यौनजन्य गतिविधि फष्टाएको भन्दै आलोचना हुन थालेपछि नेपाल प्रहरीले निगरानी बढाएको छ । सो क्रममा दुई दिनमा यौन व्यवसाय काममा संलंग्न भएको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले लजबाट २ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ामगरले बताए । पक्राउ पर्नेमा होटल संचालिका इन्दु केसरी पनि रहेको जनाइएको छ । महिला सँगै अनैतिक सम्वन्ध कायम गरेको आरोपमा माधव नारायण नगरपालिका–६का दिनेश यादव,गरुडा नगरपालिका–२का अमित सहनी रहेका छन् । पक्राउ परेका दिनेश यादव सशस्त्र प्रहरीका जवान रहेको बुझिए पनि प्रहरीले अहिले सम्म प्रमाणित नभएको प्रहरी निरीक्षक बीरेन्द्र यादवले बताएका छन् । एक जना महिला गरुडाको तथा एक जना शीतलपुर बैरगनियाको रहेको बुझिएको छ ।
पक्राउ परेका ५ जनालाई सम्बंधित निकायबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले यस अघि शुक्रबार गौर नगरपालिका–१ मा सञ्चालनमा रहेको साहिबा व्यूटीपार्लरबाट २ जना महिला र १ जना पुरुषलाई पक्राउ गरेको थियो ।