
सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।
आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।