अपडेट 
२०७९ चैत्र २७, सोमबार १५:२०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि गम्भीर कदम चाल्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने र समस्या समाधानका लागि गम्भीर कदम चालिने बताउनुभयो । उहाले आफुले बिकास, समृद्धि र मुलुकको गुणात्मक प्रगति बाहेक केहि सपना नदेखेको भन्दै सरकार नीजिक्षेत्रसंग अर्थपूर्ण र प्रभावकारी सहकार्य गर्न प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

उहाले पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्ने जस्ता विषयमा अझै बढी ध्यान पु¥याउन जरूरी रहेको बताउनुभयो । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्वपूर्ण निर्णय आफुले यसअघि नै गरेको भन्दै उहाले आफु व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैसँग निरन्तर छलफलमा रहेको जानकारी दिनुभयो ।

त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण नै तिर्न सक्दैनौ भन्ने अभियानलाई राज्यले स्वीकार गर्न नसक्ने भन्दै व्याजदरका समस्यामा समाधान खोज्नुपर्ने बताउनुभयो । उहाले निजी सहकार्यबिना मुलुकको आर्थिक बृद्धि तथा रोजगारी सम्भव नभएको भन्दै निजी व्यवसायीको समस्यालाई सरकारले आफ्नो समस्यामा रुपमा लिदै समाधानको बाटो खोजिने धारणा राख्नुभयो । पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको भएपनि पूरै नकारात्मक नरहेको उहाको भनाइ छ ।

कार्यक्रममा चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले लघुवित्त लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । मुलुकको बृहतर आर्थिक समृद्धिका लागि नेपाल चेम्बर अफ कमर्शले आवश्यक सुझावहरु दिइरहेको र यसमा सरकारको पूर्ण सहयोग हुने अपेक्षा गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News