अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:४६

रौतहटमा एकजना व्यक्तिले जग्गा नामसारी गराउने नाममा लाखौको कपाली कागज गराएको पाइएको छ । जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरका धुपलाल साहको श्रीमती गणपति देवीसंग रौतहटकै कटहरिया नगरपालिका–८ पिप्रा पोखरियाका शिवशरण साहका जेठो दाइ रामविलाश साहले जग्गा नामसारी गराउने बहानामा झुक्याएर २८ लाखको तमसुक अर्थात कपाली कागजमा सहीछाप गराएको रहस्य खुलेको छ ।

पीडित गणपति देवीको पिप्रा पोखरियाका शिवशरण साह ज्वाई हुन भने जग्गा नामसारी गराइदिने नाममा कपाली कागजमा सहीछाप गराउने रामविलास साह उनका ज्वाईका आफनै जेठो दाइ हुन् । साहले गणपति देवीसंग जग्गा नामसारी गराइदिने भनी २८ लाखको कपाली कागजमा सहीछाप गराएर गणपति देवीको करिब ७० लाख मूल्य बराबरको घर घडेरी सहितको १९ कठ्ठा जग्गा मुद्दा दिएर जिल्ला अदालत गौरमा रोक्का गराइदिएका छन् । पीडित गणपति देवीले सोमबार पत्रकार सम्मेलन गरेर सो गुनासो पोखेकी छन् । ज्वाई शिवशरण साहकै मिलेमतोमा रामविलास साहले आफूलाई झुक्याएर जग्गा नामसारी गराउने नाममा आफूसंग २८ लाखको कपाली कागज गराएको पीडित गणपति देवीले बताएकी छन् । साहसंग आफूले एक रुपैयाँ समेत नलिएको तर उनले विभिन्न मितिमा गरी आफूसंग २८ लाख रुपैयाँको झुटो ऋण लिएको भन्दै झुटो कपाली कागजमा सहीछाप गराएको उनले बताइन् । आफूसंग २८ लाख रुपैयाँ ऋण लिएको भनी साहले आफनो करिव ६० लाख बराबरको १९ कठ्ठा जग्गा अदालतमा रोक्का गराएर आफुमाथि ठूलो अन्याय गरेको दुखेसो उनले पोखिन । गणपति देवीको एक छोरा र चार जना छोरी रहेकोमा केही वर्षअघि उनको छोराको मृत्यु भयो ।

छोराको मृत्यु पछि उनी निकै तनावपूर्ण जीवन बिताइरहेकी थिइन् । छोराको मृत्युपछि गएको एक वर्षअघि गणपति देवीको श्रीमान धुपलाल साहको समेत आफ्नै कालगतिले मृत्यु भइसकेको छ । केही दिनकै अन्तरालमा छोरा र श्रीमान दुबै गुमाएपछि गणपति देवी एक्लै हुन पुगिन् । त्यसपछि गणपति देवीले आफ् ना श्रीमानको नाममा भएको सबै सम्पत्ति आफना नाममा गराउने र आफना चारै जना छोरीलाई बराबर बराबर सम्पत्ति बाँडफाँट गरिदिने निधो गरिन् । गणपति देवीले आफना चारै जना छोरीलाई बराबर बराबर सम्पत्ति बाँडफाँड गर्न चाहेको सुइको पिप्रा पोखरीया बस्ने उनकी सानो छोरीको श्रीमान शिवशरण साहले पाए । त्यसपछि उनको ज्वाई साहले सासुको सबै सम्पत्ति आफू एक्लै हत्याउने दाउमा लागे । सासुको सबै सम्पत्ति एक्लै हत्याउन ज्वाई शिवशरण साहले आफ्ना जेठो दाइ रामविलास साहलाई अगाडि सारे । त्यसपछि पेशाले शिक्षक रहेका रामविलास साह गणपति देवीलाई जग्गा नामसारी गराइदिने झुटा आश्वासन दिएर फकाउन थाले । साहले गणपति देवीलाई राम्ररी फकाउन सफल भएपछि उनले गणपति देवीसंग जग्गा नामसारी गराउने भनी २८ लाखको कपाली कागजमा सहीछाप गराए । कपाली कागज गराएर साहले जिल्ला अदालत गौरमा गणपति देवीको करिव ७० लाख रुपैया बराबरको सबै जग्गा जमिन रोक्का गराएका छन् ।

गणपति देवीले आफुसंग लिएको २८ लाख रुपैयाँ ऋण तिर्न नसकेको भनी रिऋको बदला जग्गा पाउनुपर्ने भन्दै साहले जिल्ला अदालत गौरमा मुद्दा दिएर उनको सबै जग्गा रोक्का गराइदिएका छन् । आफूलाई झुक्याएर २८ लाखको कपाली झुटो कागज गराउने र आफना सबै जग्गा जमिन रोक्का गराउने ज्वाई शिवशरण साह र उनका जेठो दाइ रामविलास साह दुबै जनालाई हदैसम्मको कारबाही गर्न गणपति देवीले सम्बन्धित निकायसंग माग गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News