अपडेट 
२०७९ चैत्र २९, बुधबार ०८:१५

मधेश प्रदेशका हरवा चरवाहरु अधिकार माग्दै जनकपुरधाम आइपुगेका छन् ।

मंगलबार पुनः स्थापनाको लागि हरवा चरवा अधिकार यात्रा जनकपुरधाम आइपुगेकोछ । यही चैत २५ गतेदेखि न्यायिक पुनःस्थापनाको माग गर्दै पर्सा र सप्तरीबाट एकसाथ शुरु गरिएको थियो । ६ बुँदे मागसहित उनीहरु जनकपुरधाम आएका छन् । बुधबार जनकपुरधाममा हरवा चरवा अधिकार यात्राको समीक्षा गर्दै काठमाण्डु केन्द्रित योजना निर्माण गर्ने छन् । गत साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा हरवा चरवा प्रथा मुक्त भएको घोषणा गरेका थिए । तर कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । सो प्रथा मुक्त घोषणा भएको नौ महिना बिति सक्दासमेत कागजमै सीमित भएपछि उनीहरूले पुनः स्थापनाको माग गर्दै मधेश प्रदेशमा पाँच दिने अधिकार यात्राको शुरुवात गरेका थिए । दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट शुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहीदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको छ ।

यस्तै, वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए । दास प्रथाबाट मुक्त हुन राजविराज र वीरगञ्जबाट शुरु गरिएको पैदल अधिकार यात्रा जनकपुरधाममा आइपुगेको छ । बुधबार समीक्षा र आगामी रणनीति बनाएर यात्रा सम्पन्न हुनेछ । यात्राका लागि राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवा चरवा अधिकार मंचले नेतृत्व गरेको थियो । उक्त संस्थाले सहयोग तथा ऐक्यबद्धताको लागि अनुरोध गरेका छन् । पुनःस्थापना हाम्रो सरोकार, भूमि शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार उनीहरुको नारा छ ।

हरवा चरवाको जीविको पार्जनको लागि कम्तीमा दश कठ्ठा जग्गा सरकारले उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । सीपमूलक तालिम, एक लाख बीउ पूँजी र आवश्यक औजार पनि दिनुपर्ने उनीहरुले माग अघि सारेका छन् ।

Comment


Related News

Latest News

Trending News