
देशभरका विद्यालयमा कक्षा एक देखि कक्षा दश सम्मको वार्षिक परीक्षा सम्पन्न भई कक्षा नौ सम्मको नतिजा प्रकाशन धमाधम भइरहेको छ । अधिकांश विद्यालयले वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिसकेको छ भने कतिपयले धमाधम गरिरहेको छ ।
वार्षिक परीक्षाको नतिजा प्रकाशन सँगै सम्बन्धित विद्यालयका विद्यार्थीको कक्षोन्नति भएको छ । अहिले फेल गर्ने चलन खासै छैन । फेल नहुने चलन धेरै तिर रहेको वर्तमान सन्दर्भमा अधिकांश विद्यार्थीले बुझेका छन् कि अब फेल हुँदिन । जहाँ कुनै किसिमको डर वा चिन्ता हुँदैन, त्यस काम कुरोप्रति सर्वसाधारण कहिल्यै गम्भीर पनि हुँदैनन् । अहिले धेरै तिरबाट शिक्षा प्रति जुन किसिमले गुणस्तरीयताको प्रश्न उठाइरहेका छन्, त्यसको एउटा कारण यो पनि रहेको छ । विद्यार्थी पढाइ प्रति सम्वेदनशील छैनन्, गम्भीर छैनन् किन भने फेल हुँदैन । कक्षा नौ सम्मको लागि शैक्षिक सत्र अब समाप्त भइसकेको छ । अब नयाँ शैक्षिक सत्र २०८० सुरु हुँदैछ । यो वर्ष वैशाख देखि नै शैक्षिक सत्र सुरु भई पठन पाठन हुने देखिन्छ । गतवर्ष जेठ देखि नयाँ शैक्षिक सत्रको कक्षा संचालन भएको थियो । शैक्षिक सत्रको सुरुआतमा विद्यार्थी भर्ना अभियान संचालन गरिन्छ । शैक्षिक सत्र २०८० को लागि नेपाल सरकारले नारा तय गरेको छ – समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान । यो नारा निकै सुन्दर छ । साँच्चिकै नाराले लिएको उद्देश्य निकै पवित्र छ ।
यस वर्ष गुणस्तरीय शिक्षाको पक्षमा धेरै सकारात्मक काम हुने विश्वास पनि गर्न सकिन्छ । यसको एउटा कारण यो पनि हो कि अहिले बैसाख लाग्नु भन्दा पहिले नयाँ नियुक्ति लिएका शिक्षकहरु विद्यालयमा पुगिसकेका छन् र नयाँ शैक्षिक सत्रको शुभारम्भ सँगै नयाँजोशका साथ नवीन ज्ञान भएका नयाँ शिक्षकहरुले बालबालिकालाई शिक्षारम्भ गराउने छन् । शिक्षालाई नेपालको संविधानले मौलिक अधिकार अन्तर्गत राखेको छ । त्यसै पनि गाँस, बास, कपाससँगै शिक्षा र स्वास्थ्यलाई मानवको आधारभूत आवश्यकता मानिएको छ । आजका मानिसलाई शिक्षाको अभावमा निकै कमजोर मानिएको छ । सामाजिक व्यवहारका पनि हरेक क्षेत्रमा शिक्षित मानिस अशिक्षित मानिस भन्दा निकै अगाडि हुन्छन् । शिक्षाले नै सबै किसिमको अवसर दिने भएकोले शिक्षालाई मानिसको आधारभूत आवश्यकता मानेको हो । यही आधारभूत आवश्यकतालाई स्वीकार्दै हाम्रो देशको संविधानले पनि मौलिक अधिकार अन्तर्गत राखेको छ । हरेक बालबालिकाको मौलिक अधिकारको रक्षा गर्नु सबैको धर्म हो, कर्तव्य हो । आउँदो शैक्षिक सत्रको नाराले यस कुरालाई आत्मसात गरेको छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक अधिकार प्राप्त गर्ने वातावरण बनाउनु हामी सबैको कर्तव्य पनि हो । नेपाल सरकारले विद्यालयमा भर्ना हुन आउने सबै बालबालिकालाई निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने गरेको छ । नेपालमा निशुल्क शिक्षा रहेको छ र पाठ्य पुस्तक त कैयौँ दशकदेखि सरकारले बालबालिकालाई निशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले अबनयाँ शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकालाई सरकारले सम्बन्धित बालबालिकालाई भर्ना सँगै स्वागत गर्न र तत्काल सम्मान स्वरु पनि शुल्क पाठ्यपुस्तक उपलब्ध गराउन भनिएको छ । स्थानीय तहमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम संचालन गरिरहेका गैरसरकारी संस्थाका साथै शिक्षा प्रति सम्वेदनशील अभिभावकहरुले पनि नजिकको विद्यालयमा बालबालिकालाई भर्ना गर्न गराउन प्रोत्साहित गर्नुपर्ने समय यही हो । साथै सम्भव हुने गैरसरकारी संस्थाले गाउँ टोलमा रहेको यस्ता बालबालिका जो विद्यालय जाने उमेरका छन् तर विद्यालय जानबाट वञ्चित छन्, तिनीहरुलाई विद्यालयमा पठाउने वातावरण मिलाई विद्यालयमा पु¥याएर भर्ना गराई तिनीहरुलाई विद्यालयमा टिक्ने वातावरण बनाइ दिनु आवश्यक भइसकेको छ ।
किन भने विद्यालयमा भर्ना गर्ने मुख्य समय अहिले हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय भर्ना अभियान तथा स्वागत कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित विद्यालयको पनि महत्वपूर्ण जिम्मेवारी हुने बताएको छ । अझ जुन विद्यालयमा कक्षा ११ र १२ संचालित छन्, ती विद्यालयहरुले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यको रुपमा आफ्नो सेवा क्षेत्र भित्र विद्यालय रहेको बालबालिकाको लगत संकलन, तिनीहरु विद्यालय बाहिर रहनुको कारण एवम् समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलाप परिचालन गर्न अनुरोध गरेको छ । वास्तवमा यसलाई प्रभावकारी परिचाल नगर्ने हो भने यो कार्यक्रम निकै प्रभावकारी हुन सक्छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यको लागि विद्यार्थी भर्ना अभियानसँग सम्बन्धित गतिविधिमा लगाउने हो भने नतिजा निकै सकारात्मक आउने देखिन्छ किन भने यी उमेरका विद्यार्थीहरु बुझ्ने भइसकेका हुन्छन्, गाउँ समाजमा कहाँ कसका छोराछोरी पढ्ने उमेरका भइसकेका छन् भन्ने थाहा हुन्छ । साथै कतिपय अभिभावक जो आफ् नो बालबालिकालाई पढाउन चाहँदैनन्, सक्दैनन् तिनको कारण पनि खोज्न सजिलो हुन्छ । यदि कारणबारे थाहा हुन्छ भने निवारण गर्न सजिलो हुन्छ । हरेक विद्यालयमा विद्यार्थी भर्ना अभियान संचालन हुन्छ र गर्नुपर्ने पनि हुन्छ । विद्यार्थी भर्ना अभियान संचाल नगर्न सम्बन्धित विद्यालयले एक जनाशिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्तितो की सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन सकिन्छ । यसबाट यो काम सहजहुन आउँछ कि कुन कक्षामा कति विद्यार्थी भर्ना भए, कुन कक्षामा पढ्न लायक विद्यार्थी छन् ।
भर्नाको लागि अभिभावकले के के ल्याउनु पर्ने हुन्छ । यदि पढ्दै नपढेको अभिभावक आफ्नो सन्तानलाई लिएर विद्यालयमा आउँदा तिनलाई कसरी सहजीकरण गर्ने भन्ने स्पष्ट हुन्छ । कतिपय विद्यालयमा धेरै विद्यार्थी र धेरै शिक्षक हुने तथा विद्यालय भवन नै पर्याप्त हुने हुँदा पहिलो चोटि त्यस्तो विद्यालयमा बिल्कुलै साधारण र नयाँ अभिभावक पुग्दा आफ्नो सन्तानलाई कसरी भर्ना गर्ने, कोसित सम्पर्क गर्ने र त्यसपछि कहाँ कसरी के गर्ने भन्ने नै जानकारी हुँदैन । यस्तो अवस्थामा भर्ना सम्बन्धी सूचना, सम्पर्क र समन्वयका लागि जिम्मेवारी तोकिएका शिक्षक सित सम्पर्क गर्न अभिभावकलाई सजिलो हुन्छ । यस्ता सम्पर्क व्यक्तिलाई विद्यालय भर्नासित सम्बन्धित सबै पक्षको ज्ञान हुने र कसैले मागेमा विद्यालयमा भएको नयाँ भर्नाका विद्यार्थीहरुको बारे जानकारी लिन चाहेमा पनि सजिलो हुन्छ । देशभर नयाँ विद्यार्थी भर्ना अभियान संचालन हुने समयमा तराई मधेश र मुख्य गरी मधेश प्रदेशको विद्यालयको अवस्था बारे पनि चर्चा गर्नु आवश्यक छ । देशको साक्षरता वा शिक्षामा मधेश प्रदेश केही पछाडि नै रहेको छ । अझ यस प्रदेशको रौतहट जिल्ला देशमै सर्वाधिककम साक्षर भएको जिल्लाहो । यस अवस्थामा विद्यालय भर्ना अभियानको निकै ठूलो महत्व रहेको छ । विद्यालयभर्ना अभियानको सफलताले प्रदेशको साक्षरता बढाउने पहिलो खुट्किलोको काम गर्ने कुरामादुई मत छैन । जब बालबालिका विद्यालयमा भर्ना हुन्छ र तिनलाई गुणस्तरीय शिक्षा प्राप्त हुन थाल्दछ तब स्वाभाविक रुपमा प्रदेशको शिक्षा र साक्षरता सम्बन्धी मर्यादामा वृद्धि हुन जान्छ ।
यो प्रदेशमा जनसंख्या धेरै छ, विद्यालय पनि धेरै छन् तर विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम रहेको बताइन्छ । यदि यो सत्य हो भने विद्यार्थीलाई गुणस्तरीय शिक्षादिन सम्बन्धित विद्यालय, समुदाय, नगरपालिका वा गाउँपालिका तथा प्रदेश सरकारले संयुक्त रुपमा विद्यार्थीको अनुपातमा शिक्षक पूरा गर्नुपर्छ । समयै शिक्षक पूरा गर्ने हो भने त्यसै अनुरुप शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण हुने देखिन्छ । यदि विद्यालयमा विद्यार्थीको चाप अत्यधिक हुने तर त्यस अनुरुप शिक्षक नहुने हो भने फेरि पनि गुणस्तरीय शिक्षामा केही अवरोध सिर्जना हुने सम्भावना रहन्छ । एउटै कक्षामा एक सयभन्दा बढी विद्यार्थीलाई राखेर पढाउनु पर्दा गुणस्तरमा सुधार हुन सक्दैन । शिक्षाको गुणस्तर सुधारले समाजको सबै पक्षको गुणस्तर सुधारमा सकारात्मकता ल्याउने हुन्छ । यसकारण सबै पक्षको जिम्मेवारी हुन्छ कि गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याऔँ । हरेक सचेत नागरिकले गुणस्तरीय शिक्षाको लागि आफ् नो तर्फबाट हुन सक्ने सकारात्मक सहयोग गर्नु र सकारात्मक उत्प्रेरणा दिनु आफ्नै नैतिक कर्तव्य पालन गर्नु हो र वास्तवमा सामाजिक दायित्व पूरा गर्नु हो, राष्ट्रिय दायित्व पूरा गर्नु हो । हाम्रो समाजमा रहेको विद्यालयलाई यदि गुणस्तरीय शिक्षादिनको लागि योग्य बनाउन सहयोग ग¥यौँ भने अन्ततःनिसन्देह यसले हामीलाई नै फाइदा दिनेछ । हाम्रो समुदाय नै लाभान्वित हुने देखिन्छ ।