अपडेट 
२०७९ चैत्र २९, बुधबार १२:३१

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको सुन तोलामा आज एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

Comment


Related News